पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको प्रथम परिषद यही चैत ७ गते पर्यटकीय स्थल काहुँडाँडामा हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँ अन्तर्गतका १० वटा सामुदायिक बन समूह एवम् विभिन्न संघसंस्थाको आज सम्पन्न संयुक्त बैठकले काहुँको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वासका साथ प्रदेश परिषद गर्ने निर्णय गरेको हो ।

परिषद भव्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्न नारायण प्रसाद आचार्य संयोजक तथा सोमनाथ आचार्य, खेमराज आचार्य, हिराबहादुर के.सी., नन्दलाल आचार्य र गिरधारी बराल सदस्य रहनु भएको भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले मञ्च व्यवस्थापनमा सूर्यबहादुर कार्की, प्रचार प्रसारमा कुमार बहादुर क्षेत्री, खानेपानीतर्पm ईन्द्रबहादुर खत्री, स्वागतमा अम्विका आचार्यलाई संयोजक तोकेको छ ।
प्रदेश अन्तर्गतका ११ जिल्लाबाट चैत ६ गते आउने पाहुँनालाई साँझ एकै स्थानमा खानाको व्यवस्था गर्ने र एक आपसमा अनुभव साटासाट र आत्मियता अभिवृद्धिका लागि प्रत्येक उपभोक्ताले घरघरमा आवासको व्यवस्था गर्ने भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद आचार्यले जानकारी दिए ।
‘घरघरमा पाहुना राख्दा तारे होटलको सुविधा हुँदैन परिषद्मा सहभागिलाई हाम्रो घरमा जे जस्तो व्यवस्था छ त्यसैले स्वागत गर्ने छौँ’ उनले भने, ‘आमन्त्रित पाहुनाले पनि त्यसलाई सहजरुपले लिनु हुने विश्वास छ ।’
काहुँडाँडास्थित ढकमक्क फुलेको लालिगुँरास सहित काहुँ धरहराबाट आँखाको नजिकै देख्न सकिने अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखलाको दृश्यावलोकनसँगै पर्यटकीय नगरी पोखराको रमणीय दृश्यले आगन्तुक पाहुँनालाई स्वागत गर्ने प्रचार प्रसार समितिका संयोजक कुमारबहादुर क्षेत्रीले बताए ।
परिषदमा प्रदेशका ११ जिल्ला अन्तर्गतका ८० स्थानीय महासंघ, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश समिति, जिल्ला महासंघ सहित कूल दुई ५० जनाको सहभागिता रहने महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.