www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो ।

प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठकसमेत बसेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.