www.tandavnews.com
Fact ~ In search of truth

चैत वैशाख भर गोरखा दरबार संग्रहालय सबै दिन खुला हुने

गोरखा । 

आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार संग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुल्ला हुने भएको छ ।

 संग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

Batas

‘यसअघि हरेक हप्ताको मङ्गलबार र सार्वजनिक बिदाको दिनमा संग्रहालय बन्द हुँदै आएको थियो’, उनले भने, ‘अब चैत र वैशाख महिनामा भने सबै दिन सङग्रहालय खुल्ला रहनेछ ।’

संग्रालयमा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार रहेको छ । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा पेन्टिङका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् ।

पर्यटकले संग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डलीकक्ष, दिव्य उपदेशकक्ष, हातहतियारकक्ष, धार्मिक परम्परागतकक्ष, जनजातिको झाँकीकक्ष, परिचात्मककक्ष, भडाँवर्तनकक्ष, श्रव्यदृश्यकक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनीकक्षको अवलोकन गर्न समेत पाउने छन्  ।

विसं २०४३  मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी संग्रहालयलाई पृथ्वी स्मृति संग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा संग्रहालयका रुपमा विकास गरिएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.