www.tandavnews.com
Fact ~ In search of truth

अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सहयोग गर्छ : प्रदेश सांसद थापा

पोखरा उद्योग वाणिज्य संघसँग ई–सेवाको साझेदारी

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताएका छन् ।

ई–सेवा फोनपे प्रालि र पोखरा उद्योग वाणिज्य संघ विच सुरु भएको क्यूआर तथा डिजिटल साझेदारी सम्बन्ध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आज (मंगलबार) यस्तो प्रतिक्रिया दिएका हुन् ।

Batas

‘अनलाईन पेमेन्टले जुन खालको भ्रष्टचार देखिराखेको छ त्यसलाई न्यूनीकरण गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ, सांसद थापाले थपे, ‘किनभने नगदमा कारोबार गर्दाखेरी भ्रष्टाचार बढि नै हुने सम्भावना देखिने भएकाले त्यसको न्यूनीकरण गर्न भुमिका खेल्छ ।’

उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु खटिनुपर्ने बताउदै अति नै मितव्यायाी रहेकोले ईसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरे ।

ई–सेवा (अनलाईन पेमेन्ट) विशेषगरी व्यस्त व्यक्तिहरुलागि उपयोगि हुने बताउदै उनले प्रविधिको सदपयोग गर्नुपर्नेमा जोड दिए ।उक्त कार्यक्रमले व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि टेवा पुर्याउनले उल्लेख गर्दै भने, ‘यसले मुख्यता हाम्रो समयलाई बचत गर्छ ।’

यसैगरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोईरालाले परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लाने क्रममा ईसेवासँग साझेदारी सम्बन्ध गाँस्न पुगेको बताए । उनले पछिल्लो समय क्यूआर कोर्डको लोकप्रियता बढेको बताउदै पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको उल्लेख गरे । उनले उक्त कार्यक्रमले व्यापारीको दक्षता अभिबृद्धि गर्ने मात्रै नभै डिजिटल पेमेन्टको क्षेत्रमा सचेतना जगाउने समेत विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै ई–सेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग ईसेवाले सहकार्य गरेको बताए । उनका अनुसार अहिलेसम्म स्वदेशमा ४० लाख बढि ग्राहकहरु रहेका छन् भने ५१ वटा बैङ्कहरुसँग सहकार्य गरिएको छ । यसैगरी ईसेवाका ६ वटा शाखाहरु रहेका छन् भने ४ सय बढि कर्मचारी निरन्तर सेवामा खटिदै आएका छन् ।

उक्त कम्पनीको १ लाख एजेन्टहरु रहेका छन् । यसैगरी २ लाख ६० हजार व्यापारीहरु रहेका छन् । ईसेवाको तथ्याङ्क अनुसार नेपालका ३० प्रतिशत व्यक्तिहरुले पानीबत्तिको महशुल तिर्दै आएका छन् भने ३५ प्रतिशतले मोवाईल (टपअप) पेमेन्ट, ४० प्रतिशतले टिभी तथा ईन्टरनेट पेमेन्ट र ६० प्रतिशतले एयरलाईन्सको पेमेन्ट गर्दै आएका छन् ।

क्यूआर तथा डिजिटल साझेदारी सम्बन्धका लागि वाणिज्य संगकको तर्फबाट अध्यक्ष नारायण कोईरालाले र ई–सेवाको तर्फबाट रोशन लामिछानेले दोहोरो हस्ताक्षर गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.