www.tandavnews.com
Fact ~ In search of truth

उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन : पौडेल प्यानलद्धारा मनोनयन दर्ता

पर्वत
ताण्डव न्यूज ।

आउँदो चैत ७ गते हुन लागेको उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनको लागि व्यवसायीहरुको साझा प्यानलले मनोनयन दर्ता गराएको छ ।

निर्वाचन सम्पन्न गराउन विभिन्न कामका लागि तोकिएको समय तालिका अनुसार आज मनोनयन दर्ता गरिएको हो । लामो समयदेखि सदरमुकाम कुस्मा बजारमा व्यवसाय गर्दै आएका तथा विभिन्न सामाजिक काम र सेवामा समेत सक्रिय रहँदै आएका शिव शर्मा पौडेलको नेतृत्वमा रहेको २३ जना उम्मेद्वारहरुको संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरिएको हो ।

Batas

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अध्यक्षका बलिया दावेदार पौडेलले उद्योग वाणिज्य संघ पर्वतको १७ औं अधिवेशनले यस पटक आफ्नो नेतृत्वमा रहेको समूहले बिजयी हुने बताए । साना देखि ठूला उद्योगी तथा व्यापारीहरुको हकहितको पक्षमा र आधुनिकीकरणमा जान खोजेकाले पनि आफ्नो नेतृत्वमा रहेको प्यानललाई व्यवसायीहरुले मतदान गर्ने उनको भनाई छ । ‘अझै पनि परम्परावादी तरीकाबाट हाम्रा व्यापार व्यवसाय चलिरहेका छन् । यति परिवर्तनशील जमानामा पनि उही पुरानो शैलीलाई हामीले रटीरहेका छौँ ।’ पौडेलले भने, ‘अब आधुनिक जमानामा हरेक कुरा डिजीटाईजेसन भइरहेको छ । हामी पनि त्यसैमा जानुपर्छ । उद्योग वाणिज्य संघले गर्दा गर्दै नसकेका वा नगरेका बिभिन्न कामहरु मेरो नेतृत्वमा हुने छन् । त्यसका लागि व्यवसायी साथीहरुको राम्रो साथ पाएको छु ।’

तीन वर्षे कार्याकालका लागि हुने यस वर्षको निर्वाचनमा पौडेल नेतृत्वको प्यानललाई निकै बलियो दावेदारका रुपमा हेरिएको छ । एक त राष्ट्रिय राजनीति नै पानी बाराबारको अवस्था रहेको छ भने यो पक्षले उद्योग वाणिज्य संघको कार्यालय देखि उद्योगी व्यवसायीको पक्षमा महत्वपूर्ण र आसालाग्दा प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।

जसमा जसमा आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने, उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने, पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने, पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने, प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने भनिएको छ ।

यस्तै, कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने, लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने, महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिने, पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइने, आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने, कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिने, पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०/२० लाखको कोष बनाइने, पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने लगायत  रहेका छन् ।

बेलामा उद्योग वाणिज्य संघ पर्वतको यस पटकको निर्वाचनलाई महत्वका रुपमा हेरिएको छ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.