www.tandavnews.com
Fact ~ In search of truth

खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि

काठमाडौं,
ताण्डव न्यूज ।

सर्वोच्च अदालतले एकीकृत नेकपालाई व्युत्याइँदिएपछि नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा माधव कुमार नेपाल गरी अहिले एमालेमा दुई गुटको विवाद उत्कर्समा पुगेको हो । विवादका बीच खनाल–नेपाल समूहले आजदेखि राष्ट्रिय भेला ललितपुरमा सुरु गर्न लागेको छ ।

Batas

पर्सीसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ताहरु भने आज काठमाडौं आइपुग्ने छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले आज छुट्टै भेला गर्न लागेको हो ।

खनाल–नेपाल समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए । तर, कुरा मिल्न नसकेपछि खनाल–नेपाल समूहले आजदेखि भेलाको आयोजना गर्न लागेको हो ।

भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै भेला नगर्न खनाल–नेपाल पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीको नाममा खनाल–नेपालपक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी समेत दिईसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.