www.tandavnews.com
Fact ~ In search of truth

पोखराको पार्किङ व्यवस्थापनमा एक्सपर्टको साथ

पोखरा ।

पोखराको पार्किङ व्यवस्थापनमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रालि पोखराले सहयोग गरेको छ । पार्किङ व्यवस्थापनको जिम्मा लिएको फेवा सावित्री जेभी कम्पनी र एक्स्पर्ट एजुकेशनपोखराबीच सहयोग एवं सहकार्यको सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापा र फेवा सावित्रीका अध्यक्ष इन्द्र गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एक्स्पर्टले पोखराको पार्किङमा आफ्नो तर्फबाट सहयोग गर्ने भएको छ । जस अनुसार करिब २ लाख रुपैयाँ बराबरको सामग्री एक्स्पर्टले सहयोग गरिसकेको छ । पार्किङका कर्मचारीका लागि एक्स्पर्टले पोशाक टोपी, टिसर्ट, रिफ्लेक्टेड ज्याकेट, छाता, रेनकोट हस्तान्तरण गरिसकेको छ ।

Batas

त्यसैगरी फेवा सावित्रीको सिफारिस लिएर आएका विद्यार्थीलाई एक्स्पर्टमा आइएलटिएसको कक्षामा २० प्रतिशत र भिजा प्रोसेसिङमा ५० प्रतिशत छुट प्रदान हुने कम्पनीका पब्लिक रिलेसन अफिसर तथा मार्केटिङ हेड विष्णु गौतमले जानकारी दिए । एक्स्पर्टमा पढ्न आउने विद्यार्थीलाई पोखराको पार्किङमा विशेष छुट प्रदान हुने बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.