www.tandavnews.com
Fact ~ In search of truth

प्रस्तावित न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु

काठमाडौं ।

संघीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ ।

समितिको आजको बैठकले उनीहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

Batas

न्यायाधीश चुुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुुर्खेतमा मुुख्य न्यायाधीश छन् । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरुलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।

उच्च अदालतमा कार्यरत मुुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुु¥याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।

समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.