www.tandavnews.com
Fact ~ In search of truth

खनालको आरोप :पार्टीमा गुटबन्दी शुरु गर्ने ओली हुन्

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीको सुरुवात गरेको बताएका छन ।

बुधबार ललितपुरमा भएको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले एकीकृत भएको पार्टी नेकपा विचार र एकताको साथ अघि बढेको भए पनि ओलीले गुटबन्दीको सुरुवात गरेको बताए ।

Batas

खनालले केपी ओली नेतृत्वको सरकारले बजेटमा पार्टीका कार्यक्रमहरू लागू नगरेको आरोप लगाउँदै उनले त्यसका कारण देश अग्रगतितर्फ जान नसकेको बताए । भ्रष्टाचार उन्मुलन गर्ने नारा लिए पनि ओली आफैँले भ्रष्टाचारीको संरक्षण गर्दै भ्रष्टाचारीहरूको पक्षमा उभिएको आरोप लगाए ।

राजनीतिक नियुक्ति हुने ४ देखि ५ सय ठाउँमा पार्टीमा सल्लाह नगरी ओलीले आफ्ना धुपौरे र आसेपासेलाई नियुक्त गरेको वरिष्ठ नेता खनालको आरोप छ । दुई तिहाइको सरकार भएको समयमा आफ्नो पार्टीले तीन वर्षमा धेरै प्रगतिशील नीति बनाउन सक्ने भए पनि केपी ओलीको स्वेच्छाचारी कदमले पार्टीमा गतिरोध सिर्जना भएका खनालको आरोप छ ।

ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको आरोप समेत उनले लगाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.