www.tandavnews.com
Fact ~ In search of truth

नयाँपुलमा जिप र मोटरसाईकल ठोक्कियो, अन्नपूर्ण गाँउपालिकाका विश्व नेपालीको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पर्वतबाट काँडेतर्फ आइरहेको ग १ ज ६९५० नम्बरको जिप र विपरित दिशातर्फ जाँदै गरेको ध २ प १११९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार कास्की अन्नपूर्ण गाँउपालिका –६ हाईजुङका १७ वर्षीया विश्व नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

विश्व दुर्घटना घाईते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका ५ नयाँपुलमा डेरा गरी बस्ने वर्ष १८ वर्षका महमद समिनको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको जनाइएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.