www.tandavnews.com
Fact ~ In search of truth

एमाले संसदीय दलको बैठक बोलाइयो

ताण्डव न्यूज,
काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमालेका सांसद विशाल भट्टराईले जानकारी दिए । उनले पार्टी भित्रको विवाद समाधानका लागि बैठक बोलाइएको बताए ।

Batas

आजको बैठकमा असन्तुष्ट झलनाथ खनाल र माधव कुमार नेपाल समूहलाई पनि बोलाइएको छ । तर, सो समूहले बैठकमा नजाने यसअघि नै घोषणा गरिसकेको छ ।

उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका अवस्थामा भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले ब्युत्याइँदिएपछि पार्टीको विवाह उत्कर्समा पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.