www.tandavnews.com
Fact ~ In search of truth

एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला आज पनि

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी रहने भएको छ । हिजोदेखि ललितपुरको सानेपामा सुरु भएको भेला महत्त्वपूर्ण निर्णय गर्दै आज सकिने नेताहरुले बताएका छन् ।

हिजो उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।

Batas

माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा सहभागी भएका देशभरका नेताकार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.