www.tandavnews.com
Fact ~ In search of truth

मतदाता नामावली संकलन कार्य आजबाट पुनः सुरु हुँदै

काठमाडौं,
ताण्डव न्यूज ।

गएको पुस ५ गतेबाट रोकिएको मतदाता नामावली संकलन कार्य आजबाट पुनः सञ्चालन हुँदैछ ।

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । १६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

Batas

निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो । निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.