www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुली पुगेर २७ वर्ष अघिको अवस्था सम्झे प्रचण्डले

सिन्धुली,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली पुगेर विद्रोहकालिन अवस्थाको स्मरण गरेका छन्।

आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफू २७ वर्षपछि सिन्धुली आएको बताउँदै तत्कालिन अवस्थाबारे चर्चा गरे ।

अगुवा कार्यकर्ता भेलाका सन्दर्भमा त्यस ठाउँमा पुगेका प्रचण्डले २७ वर्षअगाडि हरिबोल गजुरेलको पुरानो घरमा बास बसेको सम्झना गरे । विद्रोहको तयारीका लागि देशभर प्रशिक्षण चलिरहेको अवस्थामा सोही सिलसिलामा आफु यहाँ आएको उनले बताए । दीर्घ श्रेष्ठको घरमा त्यतिबेला महत्वपूर्ण प्रशिक्षण भएको प्रचण्डले सम्झीए ।

२७ वर्षपछि पुरानो सम्झनालाई ताजा बनाउने उद्देश्यले आफू बिलकुल अनौपचारिक भ्रमणमा आएको बताउदै प्रचण्डले काठमाडौंबाट सिन्धुली आइपुग्दा बीचबीचमा जनताको जिज्ञासाका कारण अनौपचारिक भन्दाभन्दै औपचारिक भन्दा पनि अझ महत्वपूण बनेको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.