www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : नाईट्रोभ्याट ३८९ ट्यावलेट सहित संगमटोलका सागर परियार पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

प्रतिवन्धित लागूऔषधसहित पोखरा वडा नम्बर १३ संगमटोलका २१ वर्षीय टिङ्कु भनिने सागर परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनको साथबाट नाईट्रोभ्याट ३८९ ट्यावलेट र एउटा मोबाईल बरामद भएको प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिएका छन् ।

उनले घर र कोठामा लुकाई राखेको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

उनी चैत्र ३ गते अस्ति मंगलबार पक्राउ परेपनि प्रहरीले ढिला गरि सुचना दिएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.