www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपतिका लागि १२ जनाको आवेदन

पोखरा,
ताण्डव न्यूज ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका तीन वटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।

Batas

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयले फागुन २४ गते सात दिनको समयावधि राखेर आवेदन मागको सुचना जारी गरेको थियो ।

जसअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि १२ जनाको आवेदन परेको जनाइएको छ ।आवेदन परेको सबैको नाम सार्वजनिक भने भएको छैन ।

केहीको नाम भने सार्वजनिक भएको छ । डा. ध्रुवअधिकारी, डा. भरत खत्री, डा.डुपबहादुर क्षेत्री, डा.श्रीकृष्ण श्रेष्ठ, डा .विजय अर्याललगायत १२ जनाको आवेदन परेको हो ।

पाटन स्वास्थ्य प्रतिष्ठानमा पनि १२ जनाको आवेदन परेको छ भने प्रतिष्ठान कर्णाली स्वास्थ्य प्रतिष्ठानमा २१ ज्नाले आवेदन दिएको जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.