www.tandavnews.com
Fact ~ In search of truth

‘जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो’ (अन्तर्वार्ता)

यही चैत्र ७ गते पर्वतले उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाउदैछ । प्यानल बनाएर व्यवसायीहरु नेतृत्वकालागि चुनावि मैदानमा होमीएका छन् । विविध योजना उद्धेश्यहरु सुनाउन आ आफ्नो तवरले घरदैलोमा व्यस्त छन् उम्मेदवारहरु । कृषिसँगै अन्य पर्यटकीय गतिविधिहरुसमेत बढ्दै गइरहेको अवस्थामा अबको नेतृत्वलाई व्यवस्थापन र व्यवसायिक स्तरबृद्धीका चुनौतीहरु पनि छन् ।

यसै मेसोमा हामीले व्यवसायिक साझा समूहको तर्फबाट अध्यक्षको उम्मेदवार शिव शर्मा पौडेलसँग कुराकानी गरेका छौँ :

वाणिज्य  संघको नेतृत्वका लागि लागिरहनुभएको छ । व्यवसायीहरुले तपाइलाई नै किन चुन्ने ?

Batas

विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि हाम्रो उम्मेदवारी हो । उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने हाम्रो विश्वास छ । पदाधिकारी र सदस्यहरुको यस्तो टिम तयार गरेका छौं कि जहाँ अनुभवले खारिएका, नेतृत्व कुशलताले भरिएका साथीहरु रहनुभएको छ ।

हाम्रो नेतृत्व र टिम भरोसायोग्य हो भन्ने पर्वतका उद्यमी व्यवसायीमात्रै नभई जिल्लाभरकै बासिन्दाका सामु छर्लंग छ भन्ने हामीले ठानेका छौं । किनभने यसअघि हामीले विभिन्न भूमिकामा रहेका गरेका कार्यहरु र दिएका योगदान खुला किताबका खुला पाना झैं छन् । हामीले आफ्नै उद्यम व्यवसायलाई समय सापेक्ष ढंगले विकास र विस्तार गरेको कुरा होस् या पर्वतका सामाजिक, आर्थिक, विकासका क्षेत्रमा गरेको योगदान, सायद लुकेको केही छैन । सबै पारदर्शी छ । जिल्लामा मुलुककै अग्ला र लामा झोलुंगे पुल निर्माणमा खटिएर गरेको काम अर्काे उदाहरण हो । सुन्तला र लप्सी प्रवद्र्धनका लागि गरिएको महोत्सव त्यस्तै उदाहरण हो । कुश्मा बजारमा अटो रिक्सा सञ्चालन र व्यवस्थापनको समन्वय र सहजीकरण पनि उदाहरणीय नमूना हो । यस्ता थुप्रै बग्रेल्ती उदाहरण हामीसँग छन्, जुन सर्वविदित छन भन्ने लाग्छ ।

समग्र व्यवसायीहरुको हकहितको कुरा त भइहाल्यो । यसका अलवा के कस्ता योजनाहरु छन् ?

पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन, समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हो, त्यसैले उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।

हरेक पटक निर्वाचनमा सहभागी भइरहँदा उम्मेदवारहरु योजना सुनाउँछन् । योजनाहरु व्यवहारतः लागू भएको पाइदैन । यो मानेमा तपाइको नेतृत्व ‘टर्निङ पोइन्ट’ होला ? उहि पुरानै शैलीमा अघि बढ्नुहुन्छ कि केहि नयाँ योजना उद्धेश्यहरु छन् ?

अथाह सम्भावना बोकेको पर्वत जिल्लामा रहेका व्यवसायीको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्छ । यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्छ । कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्छ । साथै उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्छ । यी तमाम कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले गर्न सक्छ र गर्नुपर्छ । हामी यी लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्छ भन्ने ठान्छौं । त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल संघले गर्नुपर्छ भन्छौं । हामी नेतृत्वमा पुग्दा गर्ने पनि छौं ।

उद्यम व्यवसायको विकास र विस्तार बिना समृद्धि हासिल गर्न सम्भव छैन । त्यसका लागि आजको युगले मागेको प्रविधिलाई हामीले पछ्याउनै पर्छ, उद्यमी व्यवसायीको पनि क्षमता अभिवृद्धि हुनुपर्छ । त्यसैका लागि सबैभन्दा पहिला उद्योग वाणिज्य संघमा सबल र सक्षम नेतृत्व चाहिएको छ । जुन हामीले दिनेछौं । संघलाई चुस्त दुरुस्त बनाउने र उद्यमी व्यवसायीलाई आधुनिक युग र समय सापेक्ष ढंगले सबल तथा सक्षम बनाउने हाम्रो उद्देश्य हो । वास्तवमा यी उद्देश्य हाम्रा मात्रै उद्देश्य होइनन्, पर्वतका सबै उद्यमी व्यवसायीका उद्देश्य हुन् ।

प्रतिबद्धताहरु के के छन् ?

हाम्रा प्रतिबद्धताहरु

 उद्योगी व्यवसायीहरुको हकहित तथा व्यापार व्यवसायको प्रबद्र्धनमा सक्रियताका साथ काम गर्ने ।
 आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने ।
 पर्वत उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै कागजी तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने ।
 पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने ।
 पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरीे प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल एबं समन्वय गर्ने ।
 साना उद्यमी तथा व्यवसायीहरुलाई मेसिन, औजार, उपकरण, तालिम लगायतमा यथेष्ट सहयोग गर्ने ।
 प्यान, भ्याट, कर लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने ।
 व्यवसायी र सरकारी निकायबीचको सम्बन्धलाई समानुपातिक रुपमा सुमधुर बनाई व्यवसायीलाई हौसला प्रदान गर्ने ।
 पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु जोड्न, पर्यटकहरुलाई कुश्मामै बास बस्ने बनाउन, पर्यटन व्यवसायमा लगानी बढाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्ने ।
 पर्वतको पर्यटकीय आनन्दलाई प्याकेजमा उपलब्ध गराउन सञ्चालक वा सम्बन्धित निकायसँग समन्वय गर्ने ।
 बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरु छिटो छरितो रुपले सम्पन्न पार्नका लागि सम्बन्धित निकायसँग विशेष पहल गर्ने ।
 खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने ।
 आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने ।
 कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने ।
 लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्न पहल गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग गर्ने ।
 पर्वत उद्योग वाणिज्य संघमा व्यवसायीहरुको विवरण राख्ने तथा नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
 महामारी एबं वन्द हडतालका कारण यदि लामो समयसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत तथा बैंक वित्तिय संस्थासँग समन्वय गरि ब्याजमा सहुलियत प्रदान गर्न पहल गरिनेछ ।
 उद्योगी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाबाट लिने कर्जामा सहुलियत प्रदान गर्न बैंकहरुसँग विशेष पहल तथा समन्वय गरिनेछ ।
 अन्तर्राष्ट्रिय पर्वत समाज तथा गैह्र आवासीय नेपाली संघसँग समन्वय गरी जिल्लामा लगानीको वातावरण भित्राउन विशेष पहल गरिनेछ ।
 पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइनेछ । आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने छ ।
 प्रत्येक पालिकाहरुमा कर तिर्ने प्रणालीलाई व्यवस्थित गरिनेछ ।
 कुश्मा बजारका अति व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिनेछ ।
 महिला उद्यमी तथा युवा उद्यमीहरुका समस्याहरु समाधानका लागि पर्वत उद्योग वाणिज्य संघमा छुट्टै डेस्कको स्थापना गरिनेछ ।
 पर्वत उद्योग वाणिज्य संघमा सुझाव पेटिकाको स्थापना गरी प्रत्येक महिनाको १ गतेदेखि ७ गतेसम्म सुझाव संकलन गरिनेछ र महिनाभर ती समस्याहरुको समाधान गर्न पहल गरिनेछ ।
 व्यवसायीहरुबाट प्राप्त आम्दानीको रकमलाई फजुल खर्च घटाई उद्यमी केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा खर्च गरिने छ ।
 पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड पु¥याईनेछ र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गरिनेछ ।
 बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गरिने छ ।
 प्रत्येक पालिकामा स्थापना हुन लागिरहेका औद्योगिक उद्योग ग्राममा उद्योग स्थापनाका लागि आवश्यक समवन्य गरिनेछ ।
 पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घटना बिमा गरिने छ ।
 सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका लागि आवश्यक सामग्रीहरु स्थानीय स्तरमै खरिद गर्न पहल गरिने छ ।
 पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नै नवीकरण गर्न सकिने व्यवस्था गराइने छ ।
 पर्वत जिल्लामा सवै कम्पनीका अधिकृत विक्रेता ल्याउनका लागि आवश्यक पहल गरिनेछ ।
 व्यवसायीहरुको कर सम्बन्धि समस्या समाधान गर्नका लागि कर सहयोगी कर्मचारीको व्यवस्था गरिने छ ।
 राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसग भगिनी सम्बन्ध स्थापित गरी अनुभव आदानप्रदानका माध्यमबाट उद्यमशिलता विकास गरिने छ ।
 पर्वत उद्योग वाणिज्य संघको प्रवद्र्घनमा स्थापित कुश्मा बलेवा यान्त्रिक पुल, निजी स्तरमा संञ्चालित विश्वकै दोस्रो अग्लो बन्जीजम्प, निमाणधिन अवस्थामा रहेको सुपरम्यान शैलीको जिपलाइन र विश्वकै अग्लो शिव पार्वतीको र्मुिर्तको प्रवद्र्घनका लागि सहकार्य तथा पर्यटन महोत्सवका रुपका बिकास गरिनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.