www.tandavnews.com
Fact ~ In search of truth

भोलि पोखरामा वृहत एजुकेशन फेयर, परामर्शका लागि पुग्ने विद्यार्थीलाई छात्रवृत्ति

पोखरा ।

भोलि(चैत्र ६ गते) शुक्रबार पोखरामा वृहत शैक्षिक मेला अर्थात टीम एजुकेशन एण्ड फेयर २०२१ हुने भएको छ ।

पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम एजुकेशन एण्ड करियर फेयर २०२१ हुन लागेको हो ।फेयरको सम्पूर्ण तयारी पूरा भएको टीमले जनाएको छ ।

Batas

शैक्षिक मेला पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसन र मिराई कन्सल्टेन्सीले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

शैक्षिक मेला पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुनेछ । मेलामा एक हजार भन्दा बढी सहभागी हुने आयोजक टिमको अपेक्षा रहेको छ ।

मेलामा २० भन्दा बढी अन्तर्राष्ट्रिय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने टिमले बताएको छ । नेपाली विद्यार्थीलाई यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा एकै स्थानबाट पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।

फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रवृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ । साथै, फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्।

यो सँगसँगै प्रत्येक सहभागीले १०० को मोबाइल रिचार्ज पाउने छन् र सहभागी मध्येबाट गोलाप्रथाबाट छनोट गरी भाग्यमानी १ जनालाई ट्याब र १ जनालाई पोखरा(काठमाडौँ)पोखराको फ्लाईट टिकट पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

फेयरलाई सिड्नी मेट्रो कलेजले सहयोग गरेको छ भने ट्राभल्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.