www.tandavnews.com
Fact ~ In search of truth

काहुँको धारापानी सामुदायिक वनको आम्दानी कुवा, पोखरी संरक्षणमा लगानी

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ११ काहुँस्थित धारापानी सामुदायिक बन उपभोक्ता समुहले बन क्षेत्र भित्रका पानीका श्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ ।

घरघरमा पानीका धारा पुगेसंगै संकटमा परेका परम्पारगत रुपका खानेपानीका श्रोतबाट बन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जंङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्माण गरिएको हो ।

Batas

जंङ्गलको बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका श्रोतमा चालु आर्थिक बर्षमा एक लाख ३५ हजारको लागतमा कुवा र पोखरी निर्माण सम्पन्न भएको छ भने टुनेपानी श्रोतको पनि संरक्षण गरिने बन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर क्षेत्रीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.