www.tandavnews.com
Fact ~ In search of truth

कक्षा ११ को रिजल्ट आयो

काठमाडौं ।

कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज(बिहिबार) कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो ।

Batas

आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा केन्द्रले जानकारी दिएको छ । परीक्षामा अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उक्त परीक्षामा दुईजना परीक्षार्थीको परीक्षा रद्द गरिएको र परीक्षामा तोकिएको भन्दा कम पूर्णाङ्कमा परीक्षा दिलाउने ५ वटा विद्यालयका परीक्षार्थीहरुको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोभिडका कारण विद्यालयले आफ्नै होम सेन्टरमा परीक्षा सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.