www.tandavnews.com
Fact ~ In search of truth

करणी केस मिलाउने सेटिङमा संलग्न अधिवक्ता घिमिरे बैदामबाट पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जर्वजस्ती कारणीको मुद्धा मिलाइदिने भन्दै रकम असुलेको आरोपमा एक अधिवक्ता पक्राउ परेका छन् । कास्की प्रहरीले करणी मुद्धाको अनुसन्धानका क्रममा ओम ल फर्मका संचालक तथा अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेलाई पक्राउ गरेको हो । पोखराको बैदामबाट पक्राउ परेका घिमिरेको साथबाट प्रहरीले १२ लाख रुपैयाँको चेक र १ लाख २० हजार नगद समेत बरामद गरेको छ ।

पोखराकी १७ वर्षे युवतिमाथी जर्वजस्ती करणी गरेको आरोपमा ५७ वर्षे पुरुष पक्राउ परेका थिए । पक्राउपछि पुरुषकी श्रीमतिलाई पोखरा ८ बस्ने सूर्यलाल खड्का र धादिङ गर भई पोखराको हेम्जा बस्ने कमानबहादुर तामाङले भेटे । उनिहरुले रकम लिएर केस मिलाइदिने बताएका थिए ।

Batas

केस मिलाएर रकम असुल्ने दाउ गरेका खड्का र तामाङले पीडितका आफन्तलाई फकाउनमा लागे । अन्ततः पीडितले नै दवाव, प्रभावमा पार्न खोजेको भन्दै उजुरी दिएपछि रकम असुल्ने दाउ प्रहरी खोरमा छिर्यो ।
घटनाको अनुसन्धानका क्रममा खड्का र तामाङको सेटिङ अधिवक्ता घिमिरेसँग देखियो । यसपछि प्रहरीले घिमिरेमाथी निगरानी बढायो र अन्ततः पक्राउ गर्यो ।

अधिवक्ता घिमिरेलाई बिहीबारै जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.