www.tandavnews.com
Fact ~ In search of truth

उपचाररत काँग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरलले जानकारी दिएका छन् ।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारमा सहयोग गर्ने निर्णय गरेको थियो । गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएपश्चात उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.