www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश लोक सेवा आयोग अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाल नियुक्त

पोखरा,
ताण्डव न्यूज ।

प्रदेश लोक सेवा आयोगको अध्यक्षमा स्याङ्जा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाललाई नियुक्त गरेको हो ।नवनियुक्त नेपाललाई आइतबार सपथ ग्रहण गराइने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

Batas

नेपालले प्रदेश सरकारको प्रमुख सचिवबाट चैत्र २ गतेबाट अवकाश पाएका थिए । उमेर हदका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले अध्यक्षमा नियुक्त गरेको हो ।

मुख्यमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने कानुनी प्रावधान अनुसार सदस्यमा कल्पना लम्सालको नाम सिफरिस भएको छ भने अर्का एक सदस्यको नाम भने सार्वजनिक भएको छैन ।

सदस्यमा सिफारिस कल्पना दमौलीको आदिकवि भानुभक्त बहुुमुखी क्याम्पसकी उपप्रमुख हुन् ।

३ सदस्यीय आयोगमा अध्यक्ष वा सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ। आयोग बढीमा ३ सदस्यीय रहनेछ। अध्यक्ष र सदस्यको पदावधि ६ वर्ष हुन्छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.