काठमाडौं ,
ताण्डव न्यूज।
नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।
प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नेछिन।बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।
पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।
बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत हुन ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.