www.tandavnews.com
Fact ~ In search of truth

मेचीपारि नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

झापा ।

नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका–१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ ।

शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा अझै टुकी र लालटिन बत्तीमा निर्भर थिए । केही घरमा दुई बल्भसम्म बल्ने सौर्य उपकरण थिए । वर्षौंदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पु¥याएको हो ।

Batas

मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा १५० परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ग्वालबस्तीका १७ परिवारलाई आजै निःशुल्क मिटर जडान गरेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा बिजुलीको स्वीच थिचेर बत्ती बालेका हुन् ।

अन्य बस्तीमा समेत बिजुली बत्ती बाल्लका लागि धमाधम खम्बा गाड्ने काम भइरहेको मेचीनगर– १५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । बाँकी रहेका दुई बस्तीमा यसै महीनाभित्र बिजुली बालिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । मेचीपारिका बस्तीमा प्रायः यादव, सन्थाल र पाहान जातिको बसोबास छ ।

बर्खामा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महीना सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् । स्थानीयवासीले वर्षौंदेखि नदीमा पुलको माग गर्दै आए तापनि मागको सुनुवाइ हुन सकेको छैन ।

नगरपालिकाले नदीमा झोलुङ्गे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख उप्रेतीले बताए । मेची पारिका तीन बस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालन भइरहेको छ । नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षक बर्खायाममा विद्यालय जान नसक्दा पठनपाठन बन्द हुने गरेको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.