www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा ट्रक दुर्घटनाः तीन वर्षीय बालकसहित ६जनाको मृत्यु (फोटोसहित)

पोखरा,
ताण्डव न्यूज ।

हिमाली जिल्ला मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

Batas

मनाङको नासों गाउँपालिका ३ खोत्रोमा लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक हिजो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र तीन जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो ।

 नासों गाउँपालिका ४ ओडारका वर्ष ३५ का मनिसा गुरुङ, वर्ष २६ काजलकाशी गुरुङ र मनिसाका छोरा अन्दाजी वर्ष ६/७वर्षका लियोन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै मस्र्याङ्दी गाउँपालिका ५ घेर्मुका सहचालक वर्ष २१ का लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ बस्ने वर्ष २८ का धनमान विश्वकर्मा,नासो गाउँपालिका १ तालका ३ वर्षका थियोन गुरुङको उपचारको क्रममा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।

खड्काका अनुसार हिजो दिउँसो साँढे तीन बजे ट्रक दुर्घटना भएको हो । सिमेन्ट बोकेर मनाङ तर्फ जादै गरेको ट्रक उकालो चढ्दा ओभरलोडका कारण अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा लगिएको छ भने दुई जनाको शव जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमका लागि राखिएको छ ।

घाइते दुई जनालाई थप उपचारका लागी जिल्ला अस्पताल लमजुङबाट चितवन पुरानो मेडीकल कलेज रिफर गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

शसस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले घटनाको जानकारी पाएसँगै आफुहरु तत्काल उद्धारमा खटिएको बताए । डिएसपी पन्थीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका हुन् ।

घाइतेहरु चालक तथा सवारी धनी सुमन तामाङ, सोही वडाका अन्दाजी ६ वर्षीय नियोल गुरुङ थप उपचारका लागि चितवन रिफर गरिएको हो । ट्रक सडकबाट करिब ५० मिटर तल मस्र्याङदी नदीमा खसेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.