www.tandavnews.com
Fact ~ In search of truth

जंकफुड र साइबर अपराधबारे प्रशिक्षण

पोखरा ।

धारापानी आमा समूह पोखरा ५ ले हिजो शनिबार जंकफुड रहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे प्रशिक्षण दिएको छ । आमा समूहले आफ्ना समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले इन्टरनेटको उपयोग र नयाँ प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताइन् । उनले उपयोग अनिवार्य भए पनि दुरुपयोग र अपराधिक पक्षबारे सबै सजग हुुनपर्ने बताइन् । उनले स्वस्थ खानापान र वातावरणले जीवन नै स्वस्थ बन्ने उल्लेख गरिन् । उनले भनिन्, ‘जीवनलाई ऊर्जावान् बनाउन खानपान र जीवनयापनको भूमिका हुन्छ, यो परिवार, समाजले नै सिकाउनुपर्छ ।’

Batas

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले आमा समूहको प्रयासमा यस खालको सान्दर्भिक कार्यक्रम हुनु प्रशंसनीय भएको बताए । प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै उनले आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने बताए ।

पोखरा ५ की वडा सदस्य अञ्जु केसीले कोरोना कहरपछि इन्टरनेटमा बालबालिकाको बढी समय बित्ने गरेको र त्यो लत बनेको उल्लेख गर्दै उनीहरुले के गरिरहेका छन् भनी अभिभावले चासो राख्नुपर्ने बताइन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिनु उपायबारे प्रकाश पारिन् । पूर्व प्राध्यापक महेन्द्रमान व्यथितले जंगफुडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पारे ।

समूहका अध्यक्ष कल्पना भुवाजीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिरा केसी र उपाध्यक्ष सरिता अधिकारीले पनि बोलेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.