www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा‘टिभिएस स्मार्ट एक्स्चेन्ज अफर’:विशेष छुटसहित आजबाट सुरु

पोखरा।

पोखरामा ‘टिभिएस स्मार्ट एक्स्चेन्ज अफर’ आजबाट सुरु भएको छ ।

बतास व्रदर्श प्रा.लि.ले ‘स्मार्ट एक्स्चेन्ज’ अफर सुरु गरेको हो।टिभिएस टू–ह्वीलर्सको लागि पोखरा क्षेत्रको बिक्रेता बतासले आज चैत ८ गतेबाट सुरु गरेको अफर चैत १३ गते शुक्रबारसम्म जारी रहने प्रा.लिले जनाएको छ ।

Batas

अफर अन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गरिने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्न चाहेमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मुल्य दिइने उनले बताए । त्यसको विकल्पमा नगद छुट १० हजार रुपैयाँ वा शुन्यप्रतिशत फाइनान्स सुविधा पनि लिन सकिनेछ ।

पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ स्मार्ट टिभिएस चढ्ने अवसर ग्राहकले प्राप्त गर्ने पोखरेल बताउँछन् । मासिक २ हजार ९ सय ९९ रुपैयाँ किस्ता मात्रै तिर्ने गरी टिभिएस किन्न सकिने कम्पनीले जनाएको छ । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.