www.tandavnews.com
Fact ~ In search of truth

औषधि पनि किन्न नपुग्ने भन्दै जोशीको परिवारले सरकारको सहयोग लिन इन्कार गरे

काठमाडौं ।

बिरामी परेको झण्डै एक महिना पछि सरकारले दिने भनेको सहयोग रकम काँग्र्रेस नेता नवीन्द्रराज जोशीको परिवारले लिन इन्कार गरेका छन् ।

सरकारले जोशीको उपचारका लागि १० लाख रूपैयाँ दिने भनेको सहयोग जोशीका परिवारले लिन अस्वीकार गरेका हुन्।सरकारले दिने भनेको रकमले औषधि पनि किन्न नपुग्ने भन्दै जोशीका परिवार सहयोग रकम लिन अस्वीकार गरेका हुन् ।

Batas

मस्तिष्कघातपछि भेन्टिलेटरमा राखी उपचार गराइरहेका जोशीलाई बिहीबारको मन्त्रिपरिषद बैठकले सरकारका तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको जानकारी दिएका हुन् ।फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.