पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२१/२२ को अध्यक्षमा महेश्वर रिमाल निर्वाचित भएका छन् ।
रिमालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका लायन्स क्लव अफ ३२५ बि १ नेपालका डिष्ट्रिक एडभाइजर सन्तोष घिमिरेले जानकारी दिए । व्यवसायिक क्षेत्रमा क्रियाशिल उनी वर्ष २०२०-२०२१ को प्रथम उपाध्यक्ष रहेका छन् । जन्मथलो स्याङजा जिल्ला भएपनि कर्मथलो पोखरालाई बनाएका उनी सामाजिक क्षेत्रमा उतिकै सक्रिय छन् ।

क्लबको प्रथम उपाध्यक्षमा राजाराम पौडेल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, तृतीय उपाध्यक्षमा राजेश ढुंगाना, सचिवमा चित्र गुरुङ, क्लब एडमिनिस्टेटरमा अनुप बराल, कोषाध्यक्षमा टिका बहादुर लम्साल, सहसचिवमा महेश सुनार र सहकोषाध्यक्षमा लेखनाथ सुवेदी चयन भए ।
यसैगरी क्लब निर्देशकमा घनश्याम आचार्य, जीवन कार्की, दिपक भण्डारी, प्रवेश उप्रेती, ऋषिराम खनाल, हेमराज तिवारी, नवराज अधिकारी र मिन नेपाली रहेका छन् । लायन वर्ष २०१६/२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकालले कुशलतापूर्वक निर्वाह गरिसकेका छन । अहिले शंकर पाण्डेको नेतृत्वको समितिले काम गरिरहेको छ ।
क्लबका लायन वर्ष २०२०/२१ का अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बि १ नेपालका प्रथम भाइस गर्भनर विशेश्वर आचार्य, ड्रिस्टिकका सिनियर एओजी बालकृष्ण बराल, ड्रिस्टिक एडभाइजरद्धय सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, ड्रिस्टिक एओजी मोतीराज तिम्सीना, ड्रिस्टिक पिआरओ मधुसुधन कोइराला, जोन चियर पर्सन जित बहादुर थापा गोपाल, लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका निवार्चित अध्यक्ष गिता पराजुली, लायन्स क्लव अफ तनहुँ खैरनीटारका द्धितिय उपाध्यक्ष नारायण पोख्रेल, क्लवका नवनिर्वाचित अध्यक्ष महेश्वर रिमाल, निर्वाचित प्रथम उपाध्यक्ष राजाराम पौडेल, सचिव चित्र गुरुङले बोलेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.