www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब महाधिवेशन : ४ सय ९० विधार्थीलाई छात्रवृत्ति वितरण गरिने

अर्जुन गाहा,

पोखरा /ताण्डव न्यूज ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा हुने नवौं महाधिवेशनमा ४ सय ९० छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

Batas

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले पोखरामा आज (आईतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई रवि महलमा एक समारोहका बिच छात्रवृत्ति वितरण गरिने जानकारी दिईएको हो ।

सो समारोहमा पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष)अन्तर्गत २ सय ८० ट्रष्टी (अक्षयकोषदाता) ले कुल ४ सय ९० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने डिष्ट्रिक्ट ३२५ बि १ पूर्व गर्भनर धनराज आचार्यले बताए ।

उनका अनुसार अक्षयकोषमा रहेको २ करोड ६१ लाखको व्याजबाट करिब ३५ लाख रकम गरिव तथा जेहेन्दार छात्रछात्रालाई आगामी १३ गते प्रदान गरिनेछ । उनले अक्षयकोष स्थापना गर्न आफ्नो आफन्त तथा ईष्टमित्रको स्मृतिमा कम्तिमा ५० हजार देखी ५ लाख ५५ हजारसम्मको अक्षयकोष स्थापना गर्न सकिने प्रावधान रहेको बताए ।

आचार्यले हरेक वर्ष बैशाख महिना अगाडी नै छात्रवृत्ति प्रदान गर्दै आएको बताउदै यस वर्ष पनि चरणबद्ध रुपमा करिब ३५ लाख वितरण गरिने जानकारी दिए । उनले उक्त दिन अक्षयकोषको प्रकृति हेरेर ४ हजार ५ सय देखी ३५ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने बताए ।

आचार्यका अनुसार गण्डकी प्रदेश पश्चात आगामी २० गते बाग्मती प्रदेशमा समेत छात्रवृत्ति वितरण गरिनेछ । त्यस्तै नवौं डिष्ट्रिक्ट कन्भेन्सन आयोजक समितिका कन्भेनर शिवराज आचार्यले पोखराको प्रदर्शनी केन्द्रमा आगामी १४ गते ४ हजार लायन्स सदस्यहरुको उपस्थितिमा महाधिवेशन आयोजना हुने बताए ।

उनका अनुसार कार्यक्रमको पूर्वसन्धामा काठमाडौं देखि पोखरासम्म कार र्याली हुनेछ । त्यस्तै पोखराका मुख्य ९ चोकमा सरसफाई हुनेछ भने १४ गते कार्यक्रम हुनु अगाडी चिप्लेढुङ्गाबाट विभिन्न बाजागाजा सहित परेड प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.