www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा पहिलोपटक ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

काठमाडौं ।

अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

Batas

कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे १५) सम्म सञ्चालन हुनेछ । पाँचहप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत वा विद्यालय तहको पढाइ सकेका तर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्ने उनले बताए ।

देशभरका विद्यार्थीको पहुँच पु¥याउने उद्देश्यले कार्यक्रमका चार हप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् । पाँचौँ हप्तामा भने काठमाडौँ आउनुपर्ने सोसाइटीले जनाएको छ ।

के हो ‘क्युब्स इन स्पेस’?

‘क्युब्स इन स्पेस’ एउटा ग्लोबल इञ्जिनीयरीङ डिजाइन प्रतिष्पर्धा हो । यसमा विद्यार्थीले आफ्ना प्रयोग ‘नासा साउन्डिङ रकेट’ तथा ‘जेरो प्रेसर साइन्टिफिक बेलुन’ मार्फत ‘स्पेस वा नियर स्पेस इन्भाइरोमेन्ट’मा पठाउन सक्नेछन् । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्यांकनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को कार्यालयमा पठाउनुपर्ने हुन्छ ।

सो कार्यक्रममा सहभागिताका लागि तयारीस्वरुप नेपालमा सञ्चालन गरिने कार्यशालामा यस वर्ष ५० विद्यार्थीलाई अवसर दिन सकिने गरी अनुमति प्राप्त भएको सोसाइटीले जनाएको छ । सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षका बारेमा सिकाइने छ । विद्यार्थीलाई प्रयोगको डिजाइन गर्न लगाइनेछ । नेपालबाट छानिएका दुई क्युब्स यस वर्ष अमेरिका पठाइनेछ ।

यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । विश्वरभरबाट छानिएर २०१ क्युब्स अन्तरिक्षमा पठाइनेछ । कार्यक्रममार्फत हालसम्म ९०० प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.