www.tandavnews.com
Fact ~ In search of truth

खुल्ला फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा

रेफ्रीमा फिफा रेफ्री माया लामा

पोखरा,
ताण्डव न्यूज ।

राजन ब्रदरहुड र स्पोर्टस् क्यासल प्रालिद्वारा पोखरामा आयोजना हुने प्रथम खुल्ला फुटसल प्रतियोगिताको तयारी अन्तिम चरण्मा पुगेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा चैत्र १० देखि १२ गते सम्म आयोजना हुने ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक आशिस क्षेत्रीले जानकारी दिए ।

Batas

उनका अुनसार नेपालकै सर्वाधिक उपाधि राशिको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका क्लबहरुले टिम दर्ता गरेको बताए । उनले काठमाडौंका १० बढि टोलीले टिम दर्ता गरिसकेको बताउदै पोखरेली क्लबहरुले पनि टिम दर्ता गराईरहेको बताए ।

फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्य सहित आयोजना हुन लागेको सो प्रतियोगितामा स्तरिय खेलाडीहरुले सहभागिता जनाउने बताउदै पोखरेली उदीयमान खेलाडीहरु समेत प्रतिस्पर्धामा उत्रने उनले बताए ।

संयोजक क्षेत्रीका अनुसार उक्त प्रतियोगिताको सबै खेलहरु फुटसल फिफा रेफ्री माया लामाले खेलाउनेछन् । सो प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३ लाख प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५० हजार प्राप्त गर्नेछ ।

यसैगरी प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई नगद रु २५ हजारबाट पुरस्कृत गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ ।
सो प्रतियोगिताको क्वाटरफाईनल खेलबाट म्यान अफ द म्याचको आकर्षक ट्रफीद्वारा खेलाडीलाई पुरस्कृत समेत गरिनेछ ।

प्रतियोगिताको अवधिमा पोखरा क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीहरुलाई फुटबलको विकासमा योगदानको कदर गर्दै सम्मान समेत गरिने समेत आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.