www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रज्ञा प्रतिष्ठान : कुलपतिको दाबेदारीमा प्रा डा. रामनाथ ओझाको इन्ट्री

पोखरा ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डा. रामनाथ ओझाले दरखास्त दिएका छन् । ओझाले बुधबार प्रतिष्ठानको कुलपतिका लागि दरखास्त दिएका हुन् ।

यसअघि कुलपतिमा रमेश श्रेष्ठ र पुरुषोत्तम न्यौपाने दाबेदारीमा टक्कर भइरहँदा प्राडा ओझाको इन्ट्री भएको हो । उनलाई हेभिवेट उम्मेदवारको रुपमा हेरिएको छ ।

Batas

प्राडा ओझाले नेकपा (एमाले) अन्र्तगत नेपाल बुद्धिजिवी परिषद्को केन्द्रीय उपाध्यक्ष, कृषि तथा वन विज्ञान विश्वविद्यालयको सेवा आयोगको अध्यक्षको भूमिका निभाइसकेका छन् ।

त्यस्तै, अध्यापन, नेपाली भाषा र साहित्यको विकास र अनुसन्धानमा लामो समय खर्चेका ओझा हाल त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, किर्तीपुरमा कार्यरत छन् ।
प्रतिष्ठानको कुलपतिको अन्य दाबेदारमा सुर्य खड्का बिखर्ची , माधब बियोगी र दुर्गाबहादुर शाह ‘बाबा’ र लोकबहादुर थापा छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.