www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्ड कपको खेल हेर्न जाने दर्शकलाई चरक हस्पिटलले २० प्रतिशत छुट दिने

पोखरा ।

चरक मेमोरियल हस्पिटलले आहा रारा गोल्डकप हेर्न जाने दर्शकलाई उपचार सेवा छुट दिने भएको छ । हस्पिटलले प्रतियोगितामा सह-उपप्रायोजकको रुपमा सहारा क्लवसँग हिजो (आइतबार) सम्झौता गरेसँगै आहा रारा गोल्ड कप हेर्न जाने दर्शकलाई उपचार सेवामा छुट दिने घोषणा गरेको हो ।

क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्माबिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Batas

हस्पिटलले दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा गरेको हो । क्वाटरफाइनल खेलमा पहिलो १५ जना, सेमिफाइनलको खेलमा पहिलो २० जना र फाइनलमा पहिलो टिकट काट्ने मध्य ३० जनालाई चरक मेमोरीयल हस्पिटलले २० प्रतिशत छुट दिने भएको क्लवले जनाएको छ ।

पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म १९ औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.