www.tandavnews.com
Fact ~ In search of truth

भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रर्वद्धन गरिने

कास्की ।

पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रर्वद्धन गरिने भएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रर्वद्धन एवं अखिल नेपाल पर्यटन मजदूर संघ गण्डकी, कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रर्वद्धनात्मक पदयात्रा गर्न लागिएको हो ।

Batas

पर्यटन मजदूरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा दुई रात तीन दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदूर संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।

पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उनले बताए । अन्नपूर्ण हिम श्रृङखला सहितका हिमाली एवं पहाडी दृश्यलाई एक साथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम दुई हजार ९०० मिटरको उचाइसम्म पुग्नुपर्छ ।

घलेखर्कदेखि माथि गुराँसैगुरासको जङ्गल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताउँछन् । सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध संघसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रर्वद्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन संकटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रर्वद्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.