www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै

नेपालमा सुरक्षा सर्तकता अपनाउन आग्रह,गण्डकीमा पनि बढ्दै संक्रमित

काठमाडौं ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमितको यो संख्या यसवर्ष शुरु भए यताको नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।

Batas

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९५६ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । आइतबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेपछि नेपालमा पनि फेरि त्रास फैलिन थालेको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण फेरि फैलिन सक्ने भन्दै सुरक्षा सर्तकता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको हो ।

नेपालमा समेत संक्रमण बदन सक्ने भएकाले सभा, जुलुस, र्याली,जमघट, सेमिनार, बैठक भीडभाड हुने कार्यहरु नगर्न आग्रह गरिएको गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामाजिक तथा भौतिक दूरी कायम गर्न, अनिवार्य मास्क प्रयोग गर्न, साबून पानीले राम्रोसँग हात धुन, स्यानिटाइजर प्रयोग गर्न तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन्।नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८ सय पुगेको छ। तीमधये ३ हजार १६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा आज ४५ जना संक्रमित थपिएका छन् ।हिजो गण्डकी प्रदेशमा १४ संक्रमित थपिएकोमा आज भने एकैपटक ४५ संक्रमित थपिएका हुन् ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या १६ हजार ३ सय ६९ पुगेको छ । प्रदेशमा निको हुनेको संख्या १५ हजार ९ सय ५६ रहेको छ । आज १३ जना संक्रमित निको भए । हाल प्रदेशमा २०८ सक्रिय संक्रमित रहेका छन् । भने प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले ज्यान गुमाए ।

थपिएका संक्रमित अधिकांश कास्की जिल्ला पोखरा महानगरका रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.