www.tandavnews.com
Fact ~ In search of truth

दाङमा स्कुल बस दुर्घटनाः दुई जनाको मृत्यु, दुई दर्जन बढी घाईते

दाङ,
ताण्डव न्यूज ।

दाङमा स्कुलबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर–१६ का अस्मिता डाँगी र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।दुर्घटनामा परि १५ जना घाइते भएका छन् ।

Batas

घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । डुरुवाबाट कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस आज बिहान साढे ५ बजेतिर ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.