www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौं,
ताण्डव न्यूज ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै पुनःस्र्थापनापछि पाँचौ पटक बस्न लागेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

Batas

सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्नेछन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.