www.tandavnews.com
Fact ~ In search of truth

‘कुलपति जोसुकै भए पनि भिजन र मिसनसहितको गौरव गर्न सकिने व्यक्ति हुनुपर्दछ’ (अन्तर्वार्ता)

१. गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा तपाईंले दाबा गर्नुको आधार के हो ?

गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि प्राज्ञ सदस्य र पदाधिकारीका लागि निवेदन आह्वान गरेपछि मैले गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति पदका लागि निवेदन दिएको हुँ । यस प्रतिष्ठानका मुुख्य कार्यक्षेत्रहरू भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, कला, संगीत र नाट्य क्षेत्र हुन् । म यिनै विषयको विद्यार्थी हुनुका नाताले तथा आजसम्म मैले यिनै विषयको अध्ययन, अनुसन्धान गर्दै र यिनै विषयमा कलम चलाउँदै आएका कारणले यो जिम्मेवारी म कुशलताका साथ सम्पन्न गरी गण्डकी प्रज्ञा प्रतिष्ठानलाई एउटा नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्न सक्छु भन्ने आत्मविश्वासका साथ मैले कुलपति पदका लागि निवेदन दिएको हुँ ।

२. तपाईंले गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाउनुभयो भने तपाईंका भाषा तथा साहित्यसम्बन्धी कार्यायोजनाहरू कस्ता छन् ?

Batas

मैले निवेदन दिने क्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपतिका रूपमा रहँदा भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, कला, संगीत र नाट्य क्षेत्रमा चार वर्षमा के के काम गर्ने भनी कार्र्ययोजना नै प्रस्तुत गरेको छु । नेपालमा बोलिने १२३ भाषाहरूमध्ये गण्डकी प्रदेशमा ८८ भाषाहरू बोलिन्छ । गण्डकी प्रदेशमा प्रयोगमा रहेका भाषामध्ये दुरा, कसुन्डा र तिलुङ भाषा लोपोन्मुख अवस्थामा छन् । भाषाका बारेमा अध्ययन र अनुसन्धान गरी लोपोन्मुख भाषाको संरक्षण गर्न आवश्यक छ । भाषाहरूको लेखनपद्धति तथा सामग्री विकासका लागि लिपिको खोजी तथा विकास, शब्दकोश निर्माण, व्याकरणको विकास एवम् पुस्तक सामग्री लेखन कार्य गर्ने योजना बनाई कामको थालनी गर्नुपर्ने आवश्यकता छ ।

गण्डकी प्रदेश लेखनाथ पौड्याल, माधव घिमिरे, भूपि शेरचन, धर्मराज थापा, सरुभक्त, हरिदेवी कोइराला आदि थुप्रै साहित्यिक प्रतिभाहरूको जन्मभूमि हो । यस प्रदेशका थुप्रै प्रतिभाहरूले साहित्य तथा लोकसाहित्यका विभिन्न विधामा कलम चलाएका छन् । यहाँ थुप्रै साहित्यिक संघ संस्थाहरूको स्थापना, साहित्यिक कार्यक्रमहरू सञ्चालन, पुस्तक तथा साहित्यिक पत्रिकाको प्रकाशन, साहित्यिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यस प्रदेशभित्र क्रियाशील साहित्यिक व्यक्तिहरू तथा संघसंस्था र तिनबाट हालसम्म भए गरेका कामको अभिलेख राख्नु आवश्यक छ । गण्डकी प्रदेशअन्तर्गतका कुन कुन भाषामा साहित्यका कुन कुन विधामा के कति सिर्जना भएका छन् त्यस तथ्याङ्कको खोज तथा अनुसन्धान गर्नुका साथै अल्पसङ्ख्यक तथा लोपोन्मुख भाषाका पुस्तकहरू प्रकाशन, साहित्यिक पत्रपत्रिका, बालपुस्तक आदिको प्रकाशनका लागि आवश्यक सहयोगको व्यवस्था गर्नुपर्ने छ । गुरुङ, मगर, नेवारी, नेपाली, भोजपुरी आदि भाषामा प्रत्येक वर्ष प्रतियोगितात्मक साहित्यिक सम्मेलनको आयोजना गरी विभिन्न भाषाका साहित्यको विकास गर्नु आवश्यक देखिन्छ । प्रतिष्ठान यिनै काममा केन्द्रित हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

३. गण्डकी प्रदेशलाई संस्कृतिको राजधानी भनिन्छ । यस क्षेत्रका विविध जातिका संस्कृतिहरू छन्, नाट्य र संगीता क्षेत्रको विकास र संरक्षणका लागि तपाईंका के कस्ता योजनाहरू हुन सक्छन् ?

गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ, मगर, छन्त्याल, नेवार, थकाली, भोटे, गन्धर्व, ब्राह्मण, क्षेत्री, भोजपुरी, बोटे, दुरा आदि जातिका आआफ्नै मौलिक संस्कृतिहरू छन् । यी विभिन्न जातिको संस्कृतिको संरक्षण र संवद्र्धनका लागि विभिन्न विधा र उपविधाका सामग्रीलाई भिडियो, भ्वाइस रेकर्ड तथा फोटो क्यामराका माध्यमबाट तथ्य सङ्कलन गरी संग्रहालयको स्थापना गरी व्यवस्थित ढङ्गले सुरक्षित राख्नु आवश्यक छ । विभिन्न जातजातिहरूको ऐतिहासिक अध्ययन अनुसन्धान मार्फत इतिहास र संस्कृतिको विकास र प्रवद्र्धन गरिनुपर्दछ । भौतिक र अभौतिक सांस्कृतिक सम्पदाहरूको सर्वेक्षण, अध्ययन, अनुसन्धान गरी वैज्ञानिक तथा प्रामाणिक आधारहहरूको पहिचान गर्दै सम्पदाको स्वामित्वको पहिचान र अभिलेखीकरण गर्न सके विभिन्न जातिको संस्कृतिको संरक्षण हुन सक्छ ।

गण्डकी प्रदेशले नाट्यविधाको लेखन र प्रदर्शनका दृष्टिले निकै लामो र गौरवशाली इतिहास बोकेको छ । नाट्यविधालाई देश तथा विदेशमा परिचित गराउन नाट्यसम्बन्धी रङ्गमञ्च वा नाट्यशालाको स्थापना गर्ने र नाट्यविधामा प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रशिक्षण आदि आयोजना तथा सञ्चालन गर्न सकिन्छ । गुरुङ जातिका घाटु, कृष्णचरित्र जस्ता लोकगाथा, मगर जातिका सोरठी, गोपीचन जस्ता लोकगाथा तथा ब्राह्मण क्षेत्रीका बालन, कृष्णचरित्र, रामायण, महाभारत जस्ता लोकगाथा र लोकनाटकको सङ्कलन र संरक्षणको कार्यलाई अगाडि बढाउनु आवश्यक छ । लोकसङ्गीत, नृत्य, नाटक र लोकसाहित्यको प्रवद्र्धनका लागि विभिन्न प्रकारका प्रतियोगिता, लोकसम्मेलन र मेलाहरूको आयोजना गर्नुपर्ने हुन्छ । सडक नाटक, समुदाय नाटकलगायतका गैरव्यावसायिक नाट्य रंगमञ्चको विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । नाटक प्रतियोगिताको आयोजना गरी विभिन्न प्रतिभाहरूलाई त्यसमा अवसर दिने र उनीहरूको प्रतिभा विकासका निम्ति आवश्यक सहयोग गर्नु आवश्यक छ ।

स्थानीय तहसँगको सहकार्यमा प्रदेशभित्रका प्रतिभाहरूको पहिचान (त्बभिलत ज्गलत० कार्यक्रम सञ्चालन गर्नुका साथै सङ्गीत कक्षाहरूका माध्यमबाट नयाँ प्रतिभाहरूको विकास गर्न सकिन्छ । गुरुङ जातिका सालैजो, क्षणु, भेलौरे जस्ता गीत, घाटु, कृष्णचरित्र, सोरठी जस्ता नृत्य तथा लोकगाथा तथा जन्मदेखि मृत्युसम्मका संस्कार गीतहरू छन् । तिनको उचित अध्ययन र संरक्षणको अभावमा लोप हुँदै गइरहेका छन् । तिनको अध्ययन गरी भिजुअल प्रविधि मार्फत् सङ्कलन गरी संरक्षण र संवद्र्धनको कामको थालनी गर्नुपर्ने आवश्यक छ । यस्तै मगर जातिका कौरा, चुड्का, यानीमाया, सोनीमाया, भैचसाइँलो, रेरेसाइँलो, सेंदो जस्ता गीत, सोरठी गाथा, गोपीचन लोकनाटक जस्ता लोप हँुदै गइरहेका गीत र गाथाको संरक्षणको आवश्यक छ । नेवार जातिका काया नाच, लाखे नाच, फचबुद्ध नाच, देवी नाच, भैरव नाच, चर्या नाच आदिको अडियो, भिडियो प्रविधिमा सङ्कलन गरी तिनको संरक्षण गर्नुपर्ने छ । गण्डकी प्रदेश गन्धर्व (गाइने) जातिको बसोबास क्षेत्र हो । यहाँका गन्धर्व जातिका फेरी गीत, निर्गुण गीत, हँस्यौली गीत, रत्यौली गीतलगायत कर्खा, रामायण, कृष्णचरित्र लोकगाथाको संरक्षण र संवद्र्धनको आवश्यकता छ । गुरुङ जातिका परम्परागत बाजाहरू ढ्याङ्ग्रो, संख, घण्ट, सहनाइ, भ्mयाम्टा, मगर जातिका मादल, डम्फु, झुर्मा, भ्mयाली, गन्धर्व जातिका सारङ्गी, अर्बाजो, ब्राहमण क्षेत्री जातिका एकतारे, खैंजरी, मुजुरा, संख, घंट, चिम्टी, मृदुङ्गो, बिनायो, मुरली, बाँसुरी, करताल जस्ता बाजाहरूको खोजी गरी सांस्कृतिक संग्रहालयमा सुरक्षित गरी राख्ने व्यवस्था गर्नुपर्दछ । लोकबाजाअन्तर्गतका तारबाजा, चर्मबाजा, सशीर बाजा, घनबाजा आदिको संरक्षण गर्नुका साथै लोकनाचहरू : हिमाली नाच, पहाडी नाच र तराई नाचको अडियो भिज्युअल प्रविधिमा सङ्कलन गरी तिनको संरक्षण गर्न सकिन्छ ।

४. कलाको विकाससम्बन्धी केही योजनाहरू बताउनुहुन्छ कि ?

गण्डकी प्रदेशका कलाको संरक्षण, संवद्र्धन र विकासका लागि प्रादेशिक तहमा कला संग्रहालयको स्थापना गरी प्राचीन कला, सम्पदा र इतिहासको संरक्षण, संवद्र्धन र विकास गर्न आवश्यक छ । गण्डकी प्रदेशस्तरको आर्ट काउन्सिलको गठन गरी कलाको विकासका लागि योजना तर्जुमा, कार्यशाला गोष्ठी, प्रशिक्षण, सम्मेलन र कलाको प्रदर्शनी सञ्चालन गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् कलाका दृष्टिकोणले महŒव बोकेका प्रदेशभित्रका दरबारहरू तथा मूर्त वा अमूर्त सम्पदाहरूको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिन्छ । यसै गरी प्रदेशस्तरका पुरातात्विक महŒवका स्थल, ऐतिहासिक र धार्मिक सांस्कृतिक सम्पदा, प्राचीन स्मारक, संग्रहालय, गढी, सांस्कृतिक धरोहरहरूको सर्वेक्षण, अध्ययन, अनुसन्धान गरी संरक्षण, विकास र प्रवद्र्धन गर्न आवश्यक छ । यसका साथै विभिन्न प्रदेशबिच कलाको आदानप्रदान, कलासम्बन्धी अन्तक्र्रिया तथा प्रदेशस्तरीय तथा अन्तरप्रदेश कला प्रतियोगिताको आयोजना गरी कलाको विकास गर्न सकिन्छ ।

५. तपाईंले अगाडि सार्नुभएका योजना पूरा गर्न बजेटले साथ देला ?

माथि उल्लेख गरिएका योजनाहरूको कार्यान्वयनका लागि प्रदेश सरकारबाट विनियोजित रकम मात्र पर्याप्त हुँदैन । यसका लागि नेपाल सरकारबाट प्राप्त सहयोग रकम, विदेशी सरकार र संघसंस्था वा व्यक्तिबाट प्राप्त रकम, संघसंस्था वा व्यक्ति वा दानदातव्यबाट प्राप्त रकम तथा प्रतिष्ठानको आन्तरिक स्रोतबाट प्राप्त रकमको उपयोग गरी योजनालाई अगाडि बढाउन सकिन्छ ।

६. तपाईंले निवेदन दिएर कुलपतिको दावा गर्नुभएको छ, यो प्रक्रियासँग तपाईं सहमत हुनुहुन्छ ?

यो निकै महŒवपूर्ण प्रश्न हो । म प्राज्ञ हुँ भनी स्वघोषणा गर्नु वास्तवमै राम्रो होइन । प्राज्ञ छनोटको प्रक्रिया आवेदनबाट भन्दा सर्च कमिटीबाट गर्न पाएको भए राम्रो हुने थियो अथवा प्राज्ञहरूको रोष्टर तयार गरी त्यसैबाट छनोट गर्ने व्यवस्था भएको भए पनि हुने थियो । विधान मस्यौदा तयार भएपछि व्यापक छलफल भएको कुरा मिडियामा आएको थियो । छलफल पश्चात संसदले पास गरेको विधानका बारेमा अब केही बोल्नुको अर्थ रहेन । विधानमा यसै प्रकारको व्यवस्था भई निवेदन माग भएपछि कि त्यो निकायमा बसेर काम नगर्नु पर्यो अन्यथा निवेदन हाल्नुको कुनै विकल्प रहँदैन ।

७. तपाईंसँगै प्रतिस्पर्धामा रहनु भएका अन्य प्रतिस्पर्धीहरू र आगामी कुलपतिका बारेमा तपाईं के भन्नुहुन्छ ?

मैले विभिन्न मिडियामा आएको समाचारका आधारमा अन्य ६ जना व्यक्तिहरूले पनि कुलपति पदका लागि आवेदन गरेको सुन्ने र पढ्ने मौका पाएको छु । कुलपति पदमा निवेदन दिनुहुने सबै व्यक्तित्वहरू साहित्य, लोकसाहित्य र कलाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका व्यक्ति हुनुहुन्छ । उहाँहरू सबै योग्य र सक्षम हुुनुहुन्छ । नियुक्ति गर्ने निकायले योग्यहरू मध्येबाट योग्यतम व्यक्तिको छनोट गर्ने छ भन्ने ठान्दछु । कुलपति जो व्यक्ति भए पनि योग्य व्यक्ति हुनुपर्छ । भिजन र मिसनसहितको प्रतिष्ठानका लागि गौरव गर्न लायक व्यक्ति हुनुपर्दछ भन्ने मेरो मान्यता हो ।

८. तपाईंले भने जस्तो मिसन भिजनसहितको योग्य व्यक्ति को हो ? तपाईंले आफुलाई कुलपतिका लागि योग्य ठान्नुहुन्छ ?

संस्थाको गरिमालाई उँचो राख्ने गरी काम गर्न सक्ने व्यक्ति को हो, कसले नेतृत्व गर्दा प्रतिष्ठानका उद्देश्य पूरा हुन सक्छ र प्रतिष्ठानको गरिमा बढ्न सक्छ भनी छनोट गर्ने काम त सम्बन्धित निकायको हो । जहाँसम्म मेरो कुरा छ मलाई उक्त पदको जिम्मा दिइएमा इमान्दारपूर्वक भाषा, साहित्य, संस्कृति, कला, संगीत र नाट्यक्षेत्रको विकास, संरक्षण र संबद्र्धनसम्बन्धी व्यवस्थित कार्यको थालनी गरी गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्न सक्छु भन्ने विश्वासका साथ नै मैले निवेदन दिएको हुँ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.