www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनको एक वर्षः भारतमा कोरोनाको दोस्रो लहर,नेपालमा पनि जोखिम

काठमाण्डौं,
ताण्डव न्यूज ।

नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ ।

एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना संक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो ।

Batas

सबैक्षेत्र खुलेपनि घट्दै गएको कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ । हाल खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा पनि नेपालमा कोरोना संक्रमित बढेका छन् । छिमेकी मुलुक भारतमा संक्रमित बढ्न थालेपछी नेपालमा पनि त्यसको असर देखिन थालेको छ ।

कारोना विरुद्ध स्वास्थ्यका मापदण्ड पालना भएको छैन भने सीमा नाकामा कडाई छैन । जसका कारण कोरोनाको संक्रमण झन् बढ्ने जोखिम देखिएको छ । केहि हप्ता अगााडी सम्म सेती प्रादेशीक अस्पताल धनगढीमा कोरोना परिक्षण गर्न आउनेको संख्या शुन्य नै भएको थियो । तर अहिले परिक्षणका लागि दैनिक ३० जना सम्म आउने गरेका छन् । हिजो मात्र सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा ३ जना संक्रमित भर्ना भएका छन् ।

उनीहरु तिनै जना भारतबाट आएकोसेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पनि कोरोनाका विरामी बढ्न थालेका छन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सङ्क्रमण घटेपछि आकस्मीक कक्षमा सरदर ६ जना बिरामी उपचारमा हुने गरेकोमा अहिले यो संख्या बढ्न थालेको जानकारी दिए ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछी कतिपय प्रदेशमा फेरी लकडाउन गरिएको छ । सरकारले १६ वटा मुख्य नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रनेलाई जाँच गरेको भनेपनि कडाइ छैन । नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि संक्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ ।

२ दिन यता नेपालमा कोरोनाका संक्रमित लगातार बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९ दिन अघि ३ हजार ३ सय ११ जनामा पिसिआर परीक्षण गर्दा ७९ जनामा कोरोना देखिएको थियो । हिजो ४ हजार ३२ जनामा गरिएको परिक्षणमा १ सय ८८ जनामा संक्रमण देखिएको छ ।

नेपालमा हाल सम्म २ लाख ७६ हजार २ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये २ लाख ७२ हजार ९७ जना स्वस्थ भइसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा ३ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.