www.tandavnews.com
Fact ~ In search of truth

भवन निर्माण गर्दा मापदण्ड पालना गरे जोखिम घट्छः संवेदनशीलता कार्यशाला

पोखरा,
ताण्डव न्यूज ।

हामी सबैलाई थाहा भएकै कुरा हो प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । मानव सृजित प्रकोप र प्राकृतिक प्रकोपबाट पीडित भैसकेपछि उपाय खोज्नुभन्दा यस्ता विपत्ती आउनुपूर्व सावधानी अपनाउनु बुद्धिमानी हुन्छ ।

यहि विषयलाई मध्यनजर गरी पोखरा महानगर भित्रको भूमि अन्तरगत जोखिम संवेदनशील क्षेत्रको पहिचान गरी त्यसको सही व्यवस्थापनका गरिनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

Batas

पोखरामा जोखिम संवेदनशील भु–उपयोग योजना तथा भवन निर्माण सम्बन्धि कार्यशाला गोष्ठीका सहभागिहरुले पोखरामा रहेको भूमिको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्राविधकहरुले ईमान्दारीपूर्वक कार्यसम्पादन गरेको खण्डमा मापदण्ड पालनाको क्रम बढ्ने र जोखिम समेत घट्ने बताए ।

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले विपत्तीलाई टार्न नसकिने भएकाले जोखिमको आकलन पहिल्यै गरेर संवेदनशील बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शहर योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले गोष्ठीले सबै
जनप्रतिनिधिहरुलाई भएका नियमहरुको कार्यान्वयन र भू उपयोग नीतिबारे बुझ्न अझ सरल भएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा भूउपयोग नीति तथा योजना र भवन निर्माण आचार संहिताबारे दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । भू उपयोग नीतिबारे कार्यपत्र प्रस्तुत गर्दै शहरी योजनाकार हिसिला मानन्धरले पोखराको जमिन र यसको उपयोगिता बारे अवगत गराईन । उनले भवनको मापदण्ड, कृषियोग्य भूमि, शहरी क्षेत्र, बन क्षेत्र र ताल तलैयाको क्षेत्रबारे स्पष्ट तथ्यांक प्रस्तुत गरिन् ।

भवन निर्माण आचारसंहिताबारे कार्यपत्र प्रस्तुत गर्दै शहरी योजनाकार डा।अजय लालले भवन निर्माणका मापदण्डहरु कडाईका साथ कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे ।

जमिनको अवस्था अनुसार भवनको उचाई कायम हुनुपर्ने, ५ तल्लाभन्दा बढी अग्लो घरका लागि अनिवार्य माटो परिक्षण गरिनुपर्ने, नियम मिच्ने भवन तत्काल भत्काउन आदेश दिने लगायतका नीतिहरु रहेको उनले स्पष्ट पारे ।

सो अवसरमा बोल्दै वरिष्ठ ईन्जिनियर किसानसिंह गुरुङले निर्माण सम्बन्धी मापदण्ड पूरा नगर्दा प्राकृतिक विपत्ती आईलागे ठूलो धनजनको क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने विचार व्यक्त गरे । उनले पोखरामा ५ हजार वर्षयता कुनै ठूलो भुकम्प नगएको भन्दै ठूलो भूकम्प जानसक्ने भएकाले भवन निमार्णका जोखिमलाई ख्याल गर्नुपर्ने सुझाव दिए ।

बेलायती सहयोग नियोग सुदृढ परियोजाको सहयोग रहेको उक्त कार्यशालामा पोखरा महानगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र ईन्जिनियहरुको उल्लेख्य सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.