एजेन्सी,
ताण्डव न्यूज ।
म्यानमारमा झन्डै डेढ महिनादेखि हिंसा जारी छ ।
सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरोधमा नागरिकहरु सडकमा उत्रिएका छन् । दैनिक जसो हुने प्रदर्शकका क्रममा हालसम्म २ सय ७० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।
यसै क्रममा हिजो घरमै बसेका ७ वर्षका एक बालिकाको सेनाको गोली लागि मृत्यु भएको छ । बालिकाको मृत्युपछि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले त्यसको विरोध गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरेपछि त्यहाँ एक वर्षका लागि शंकटकाल घोषणा गरिएको छ भने नागरिकहरु सडकमा उत्रेका छन् ।
सेनाले दमन गर्दै नागरिकलाई नियन्त्रणमा लिएको र गोली हानी हत्या गर्ने गरेको भन्दै यसअघिपनि संयुक्त राष्ट्र संघले विरोध गरेको थियो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.