www.tandavnews.com
Fact ~ In search of truth

देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं,
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने महाशाखाले जनाएको छ।हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागको मौसम सफा रहेको पनि महाशाखाले जनाएको छ।

Batas

यस्तै आज दिउँसो देशका पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा पनि आंशिक बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यसैगरी राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.