www.tandavnews.com
Fact ~ In search of truth

कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह

तनहुँ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी संख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना संक्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।

कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि न्यून संख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । ‘रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ’, उनले भने, ‘सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।’

Batas

अनियन्त्रित संख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ । न्यून संख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.