www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवन ।

चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।

चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो । रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

Batas

एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।

यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ्रे चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.