www.tandavnews.com
Fact ~ In search of truth

गृहको जिल्ला प्रशासनलाई निर्देशन :आइसोलेसन र क्वारेन्टाइन तयार राख्नुस

काठमाडौं,
ताण्डव न्यूज ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालका सिमा नाकामा पनि कडाई गर्न थालिएको सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेला, जात्रा, महोत्सव, जुलुस र भीडभाड नगर्न अनुरोध गरेको छ ।

यस्तै सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न पनि जानकारी गराएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्ड लागू गर्न भनेको हो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन दिईससकेको छ ।

Batas

जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्दै आएको छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो ।

यसअघि पनि कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । नजिकिँदै गरेको होली पर्वमा बढी भीडभाड नगर्न समेत अनुरोध गरिएको छ ।

गृहको पत्रमा निर्देशन अटेर गर्नेमाथि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को जनस्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने उल्लेख गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीलको जोखिम ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न र संक्रमण देखिएका तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरिएको बताए ।

गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ । यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.