www.tandavnews.com
Fact ~ In search of truth

समावेशी विकासका लागि जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान उपलब्ध गराउने

काठमाण्डौ,
ताण्डव न्यूज ।

जर्मनी सरकारले नेपालको समावेशी विकास र हरियाली फर्काउनका लागि १० मिलियन युरो अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले हस्ताक्षर गरेका छन् ।

नयाँ सहयोगले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ । सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । नेपालका लागि जर्मनीका राजदूत सेइफेरले सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको र जर्मनीलाई जलवायु परिवर्तनले उत्पन्न गरेको चुनौतीको सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको बताए ।

Batas

उनका अनुसार आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.