www.tandavnews.com
Fact ~ In search of truth

सरकारले सेप्टेम्बरदेखि इ–पासपोर्ट दिने

काठमाडौं,
ताण्डव न्यूज ।

आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ । राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ ।

विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ । उनले राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको भन्दै सेप्टेम्बरदेखि इ–पासपोर्ट दिने तयारी भएको बताए ।

Batas

उनका अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उनले जानकारी दिए ।

सेवाग्राहीले इ–पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पनि पाण्डेले बताए । नेपालले यसअघि सन् २०१० मा हस्तलिखित पासपोर्ट हटाएर मेसिन रिडएबल पासपोर्ट दिन थालेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.