www.tandavnews.com
Fact ~ In search of truth

भागरथी हत्या प्रकरण :भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो

बैतडी ।

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ । बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए म्याच भएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जानकारी दिएका छन् ।

Batas

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.